नियम ४
कूटनैतिक भिसा
(१) नेपाल सरकारले विशेष आदेश जारी गरेको अवस्थामा बाहेक कुनै पनि मुलुकबाट कूटनैतिक राहदानी प्राप्त गरी सम्बन्धित विदेशी कूटनैतिक नियोगबाट कूटनैतिक भिसाको निमित्त सिफारिस गरी पठाएको व्यक्ति, नेपाल सरकारबाट कूटनैतिक सुविधा प्रदान गर्न उपयुक्त ठह¥याएको व्यक्ति तथा त्यस्तो कूटनैतिक राहदानी प्राप्त व्यक्तिको परिवारका सदस्यलाई कूटनैतिक भिसा दिइनेछ ।
(२) कूटनैतिक भिसा नेपालमा काम गरुन्जेलसम्मको लागि पारस्परिकताको आधारमा एकैपटक वा पटक पटक म्याद थप गरी दिइनेछ ।
(३) कूटनैतिक भिसाको लागि अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । तर विदेशी कूटनैतिक नियोग वा सो कार्यको लागि अधिकार प्राप्त निकायबाट विवरण सहित अनुरोध वा सिफारिस भई आएमा अनुसूची—१ बमोजिम निवेदन दिनु आवश्यक हुनेछैन । पहिलो संशोधनद्वारा संशोधित ।